Kathmandu Press

कोशीमा आफ्नै नेतृत्वको सरकारले निरन्तरता पाउने कांग्रेसको निष्कर्ष

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की कोशीको मुख्यमन्त्री बनेकाले यसको विकल्प नभएको निष्कर्ष कांग्रेसको छ।
कोशीमा आफ्नै नेतृत्वको सरकारले निरन्तरता पाउने कांग्रेसको निष्कर्ष

काठमाडौं, चैत १ : केन्द्रमा सत्ता समीकरण फेरिए पनि कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्की नेतृत्वकै सरकारले निरन्तरता पाउने निष्कर्ष नेपाली कांग्रेसले निकालेको छ।

बिहीबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा भएको छलफलले कोशीमा कार्की नेतृत्वकै सरकारले निरन्तरता पाउने निष्कर्ष निकालेको हो।

Hardik ivf

छलफलमा दुई उपसभापति, दुई महामन्त्री, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र मुख्यमन्त्री कार्कीसहितका नेताहरु सहभागी थिए।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की कोशीको मुख्यमन्त्री बनेकाले यसको विकल्प नभएको निष्कर्ष कांग्रेसको छ।

प्रकाशित मिति: ११:४० बजे, बिहीबार, चैत १, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्