नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ
नयाँ सत्ता गठबन्धन बनेलगत्रै सरकारले मधेशका हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई हटाउँदै सुवेदी, भट्ट र मियालाई प्रमुख प्रमुख बनाएको हो।
काठमाडौं, फागुन ३० : प्रदेश प्रमुखमा नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मन्त्रिपरिषदबाट प्रदेश प्रमुखमा नियुक्त भएका सुमित्रा सुवेदी (मधेश), डिल्लीराज भट्ट (गण्डकी) र नजिर मिया (सुदूरपश्चिम) बुधबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका हुन्।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए। नियुक्त लगत्तै उनीहरुले शपथ लिएका हुन्।
नयाँ सत्ता गठबन्धन बनेलगत्रै सरकारले मधेशका हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई हटाउँदै सुवेदी, भट्ट र मियालाई प्रमुख प्रमुख बनाएको हो।
प्रकाशित मिति: १९:१६ बजे, बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार