तीन प्रदेश प्रमुख पदमुक्त
मन्त्रिपरिषदको फागुन २८ गते बसेको बैठकले मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
काठमाडौं, फागुन ३० : तीन वटा प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका हुन्।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
मन्त्रिपरिषदको फागुन २८ गते बसेको बैठकले मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
सरकारले गरेको सिफारिस अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) बमोजिम तीन प्रदेश प्रमुखलाई राष्ट्रपतिले पदमुक्त गरेको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको हो।
प्रकाशित मिति: १७:४० बजे, बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार