Kathmandu Press

पोखरीमा डुबेर महोत्तरीमा बालिकाको मृत्यु

आफ्नै घर अगाडि खेल्दै गरेकी बालिका घरभन्दा ५० मिटरको दुरीमा रहेको बरका पोखरीमा नुहाउन पुगेको र सोही पोखरीमा उनको डुबेर मृत्यु भएको हो।
पोखरीमा डुबेर महोत्तरीमा बालिकाको मृत्यु

महोत्तरी, फागुन ३० : जलेश्वर नगरपालिका–३ मलिवारामा बुधबार दिउँसो पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय मङ्गल पाण्डेकी छोरी दुई वर्षीया रुचि पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

आफ्नै घर अगाडि खेल्दै गरेकी बालिका घरभन्दा ५० मिटरको दुरीमा रहेको बरका पोखरीमा नुहाउन पुगेको र सोही पोखरीमा उनको डुबेर मृत्यु भएको हो।

मृतक बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

प्रकाशित मिति: १६:४१ बजे, बुधबार, फागुन ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्