Kathmandu Press

चक्रपथ सुधार आयोजनाप्रति बालेनको असन्तुष्टि

शहले चक्रपथ अव्यवस्थित भएपछि धुँवा धुलो बढेको, सवारी साधनबाट धुलो सहरका कुनाकुनामा पुग्ने भएकोले निरन्तर सफाइ गर्दा पनि सहरलाई अपेक्षित स्वच्छ बनाउन कठिन भइरहेको उल्लेख गरेका छन्।
चक्रपथ सुधार आयोजनाप्रति बालेनको असन्तुष्टि

काठमाडौं, फागुन ३० : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले चक्रपथ सुधार आयोजनाको काम अनिश्चित देखिएको बताएका छन्।

सामाजिक संजालमा स्टाटस लेख्दै प्रमुख शाहले विभिन्न चरणका सम्झौता र स्थलगत अवलोकनबाट निर्माण कार्यको नतिजा नदेखिएको बताउँदै अब दोस्रो फेजमा हुने निर्माण प्रक्रियाको विषयमा स्पष्ट हुन चाहेको बताएका हुन्।

Hardik ivf

शहले चक्रपथ अव्यवस्थित भएपछि धुँवा धुलो बढेको, सवारी साधनबाट धुलो सहरका कुनाकुनामा पुग्ने भएकोले निरन्तर सफाइ गर्दा पनि सहरलाई अपेक्षित स्वच्छ बनाउन कठिन भइरहेको उल्लेख गरेका छन्।

‘चक्रपथ सुधारको दोस्रो फेज (कलंकी– महाराजगन्ज) को कामका लागि सन् २०१२ डिसेम्बर १८ मा नेपाल सरकार र चीन सरकारकातर्फबाट निर्माण पक्षले गरेको सम्झौतामा नेपाल सरकारले १ महिना भित्र साइट क्लियर गर्ने, निर्माण पक्षले त्यसको २ महिना भित्र निर्माणका लागि सबै पूर्व तयारीको काम सिद्ध्याउने र तेस्रो महिनाबाट काम थाल्ने उल्लेख छ। ४० (३ वर्ष ४ महिना) महिना भित्र आयोजनालाई पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको योजना १२ वर्ष महिना बितिसक्दा थालनी हुनेसम्मको पनि संकेत देखिँदैन,’ बालेनले लखेका छन्।

सडक निर्माण कार्यले सडकसँग मात्र सम्बन्ध राख्ने नभइ सामाजिक, आर्थिक तथा वातावरणीय ह्राससँगको क्षतिको विषय उठाएका छन्।

प्रकाशित मिति: १६:३९ बजे, बुधबार, फागुन ३०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्