Kathmandu Press

कांग्रेस–एमाले मिले पनि म डाउँदिन : प्रधानमन्त्री

‘मेरो त कामना छ तपाईँहरू मिल्नुस् । सबै मिल्नुस्,’ उनले भने, ‘तपाईँहरू सबै मिल्नुभयो भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षीमा बसेर फेरि देश र जनताको पक्षमा लडिरहन्छ। तपाईँहरूलाई लाग्या छ त्यसो भनेर प्रचण्ड डराउँछ भनेर?’
कांग्रेस–एमाले मिले पनि म डाउँदिन : प्रधानमन्त्री

काठमाडौं, फागुन ३० : प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस एमाले मिल्दैमा आफु नडराउने बताएका छन्। कांग्रेस–एमाले मिले आफु प्रतिपक्ष दलमा बस्ने पनि बताए।

‘हामी ठुला दल मिलियो भने तेरो हालत के हुन्छ? हिजोपनि आज पनि भनियो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो त कामना छ तपाईँहरू मिल्नुस् । सबै मिल्नुस्,’ उनले भने, ‘तपाईँहरू सबै मिल्नुभयो भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षीमा बसेर फेरि देश र जनताको पक्षमा लडिरहन्छ। तपाईँहरूलाई लाग्या छ त्यसो भनेर प्रचण्ड डराउँछ भनेर?’

Hardik ivf

आफूले सबै राजनीतिक दलहरुको भलाईको लागि त्याग गरेको भन्दै धोकेबाज भन्नु स्वीकार्य नभएको उनले बताए।
 
‘मैले त अझ यहाँ रहेका सबै राजनीतिक दलले मलाई धन्यवाद दिनुपर्छ जस्तो लाग्छ । सबैलाई धोका होईन, सबैको भलाई भएको छ,’ उनले भने, ‘प्रचण्डले पटक पटक त्याग गरेर पनि गरेको छ । धोकेबाज भन्नुहुन्छ तपाईहरु, यो स्वीकार्य छैन्।’

उनले मत दिनको लागि सबै स्वतन्त्र रहेको भन्दै राजनीतिक दललाई ठिक लागे मौका दिन आग्रह गरेका छन्।

‘हामी सबै स्वतन्त्र नै छौं । दबाब दिएर हुने हो र ? कतिपयले भन्छन् पैसाको चलखेल भनेर । मैले एक पैसा कसैलाई कुनै रुपमा पनि चलखेल हुन दिएको छैन्,’ प्रधानमन्त्री दाहालले भने, ‘तपाईको विवेक, राजनीतिक दल, नीति र कार्यक्रमले प्रधानमन्त्रीलाई एकपटक फेरि मौका दिंदा ठिक हुन्छ। दिनु लाग्दैँन् नदिनु र प्रधानमन्त्रीलाई धम्क्याउने तरिकाले देशको हित हुँदैन्।’

प्रकाशित मिति: १५:२७ बजे, बुधबार, फागुन ३०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्