सुन, सहकारी चोर्नेले व्यवस्था बदनाम भयो : केसी
केसीले दुई वटा नागरिकता र पासपोर्ट भएकालाई गठबन्धनकै बलमा गृहमन्त्री बनाएको भन्दै प्रश्न समेत उठाए।
काठमाडौं, फागुन ३० : राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले संसदमा संवोधन गर्दै अहिलेको संसदीय व्यवस्थामा जसरी पनि चुनाव जित्ने र सरकारमा जाने प्रवृत्तिले पार्टीहरू बदनाम भएको बताएका छन्।
केसीले दुई वटा नागरिकता र पासपोर्ट भएकालाई गठबन्धनकै बलमा गृहमन्त्री बनाएको भन्दै प्रश्न समेत उठाए।
केसीले भने, ‘राजनीतिलाई कसैले सुन चोर्ने, कसैले सहकारी चोर्ने, कसैले मिटरब्याजी चोर्ने राजनीतिक नेताको समर्थन नभई मिटरब्याजीले त्यो बदमासी गरेका छन्?’
प्रकाशित मिति: १५:२३ बजे, बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












