Kathmandu Press

त्रिकोणात्मक सिरिजकाे फाइनलमा ब्याटिङ नचल्दा पिएनजीसँग नेपालको लज्जास्पद हार

खराब ब्याटिङ गरेकाे नेपाल फाइलनमा पपुवा न्युगिनीसँग ८६ रनको फाराकिलो अन्तरले पराजित भयो।
त्रिकोणात्मक सिरिजकाे फाइनलमा ब्याटिङ नचल्दा पिएनजीसँग नेपालको लज्जास्पद हार

काठमाडाैं, फागुन ३० : हङकङमा जारी त्रिकोणात्मक टि–२० सिरिजको फाइनलमा नेपालले लजास्पद हार व्यहोरेको छ। नेपाल फाइलनमा पपुवा न्युगिनीसँग ८६ रनको फाराकिलो अन्तरले पराजित भयो।

पिएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ प्रदर्शन ग¥यो। नेपाल १६.३ ओभरमा ८५ रनमै अलआउट भयो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन बनाउँदा आरिफ सेखले १५ र कप्तान रोहितकुमार पौडेलले १२ रन बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

Hardik ivf

नेपालको इनिङ धरासायी बनाउने क्रममा कवु मोरेअ, सेमो नाओ, चाद सुपर र सेसे बाउले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १७१ रन बनायो । उसका लागि टोनी उराले ३७ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ६१ रन बनाए।

यस्तै, एली नाओले १० बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन बनाउँदा हिला वारेले १८ रनको योगदान दिए।

बलिङमा नेपालका कुशल भुर्तेल र आकाश चन्दले समान ३ विकेट लिदँ करण केसी र गुल्सन झाले समान १ विकेट लिए।

प्रकाशित मिति: १५:१७ बजे, बुधबार, फागुन ३०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्