Kathmandu Press

गठबन्धनका नाममा पटक–पटक जनमतको अपमान भयो : सिके राउत

जनताबाट म्यान्डेट लिएर आएका नेताहरुले जनमत बचाउन नसकेको उल्लेख गर्दै राउतले विश्वासको मत जनताको हातमा सुम्पिएर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था गर्न आवश्यक रहेको उल्लेख गरे।
गठबन्धनका नाममा पटक–पटक जनमतको अपमान भयो : सिके राउत

काठमाडौं, फागुन ३० : जनमत पार्टीका अध्यक्ष एवम् सांसद चन्द्रकान्त राउत (सिके राउत)ले प्रधानमन्त्री पुष्पकमल दाहालबाट पटक–पटक जनताको मतको अपमान भएको बताएका छन्।

राउतले जनताको मतको अपमान रोक्न अब जनताबाट चुनिने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने समय आएको बताएका छन्।

Hardik ivf

प्रतिनिधिसभामा बोल्दै राउतले भने, ‘पटक–पटक जनताको मतको अपमान भयो । गरिमामय संसद्को अपमान भयो । अब जनताले नै प्रधानमन्त्री चुन्ने व्यवस्था गरौँ।’ सांसद राउतले सरकारलाई विश्वासको मत दिन र समर्थन गर्न नसकिने बताए।

राउतले गठबन्धन बन्ने र भत्कने प्रक्रियाले जनताले के पाए भन्दै प्रश्न गरेका छन्। उनले निर्वाचनमा गठबन्धन गरेर निर्वाचन लड्न नपाइने कानून बनाउनुपर्ने या यो व्यवस्था नै खारेज गनुपर्ने बताएका हुन्।

‘गठबन्धन पटक पटक बन्छ । पटक पटक भत्किन्छ । तर यसबाट जनताले चाँही के पाइराखेका छन्? या त निर्वाचनमा गठबन्धन रोक्नसक्ने ऐन कानून बनाउनुपर्यो  नभए यो व्यवस्था नै परिवर्तन गनुपर्यो,’ उनले भने।

जनताबाट म्यान्डेट लिएर आएका नेताहरुले जनमत बचाउन नसकेको उल्लेख गर्दै राउतले विश्वासको मत जनताको हातमा सुम्पिएर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था गर्न आवश्यक रहेको उल्लेख गरे।

‘यहाँ नेताहरुले राखेका विचारबाट के प्रष्ट हुन्छ भने जुन मत जनताले हामीलाई दिएका छन्। त्यो जनमत हामीले बचाउन सकेका छैनौं । कहिले यता हाल्नुपरेको छ कहिले उता हाल्नुपरेको छ। यो हामीले बताउन सकिरेहका छैनौं,’ उनले भने, ‘विश्वासको मत जनताको हातमा सुम्पिएर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था गरौं।’

उनले प्रधानमन्त्रीले सदनमा अर्थतन्त्रका आँकडा प्रस्तुत गर्दैगर्दा राजश्व कति बढ्यो र खर्च कति भयो भन्न किन डराउनुभयो भन्दै प्रश्न गरेका थिए। उनले गौर हत्याण्डका आरोपीसँग प्रधानमन्त्रीसहितका वामपन्थीहरु कुम जोडेर बसेको उल्लेख गर्दैै कारबाही हुन्छ कि हँुदैन भनेर आफूहरु हेरिरेको बताए। जनमतले प्रधानमन्त्री विपक्षमा मतदान गर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: १४:४८ बजे, बुधबार, फागुन ३०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्