‘प्रधानमन्त्रीको चाल ठिक छैन’
‘सबैलाई थाहा छ, तपाई भ्रष्ट्राचार काण्डमा नाम मुछिनुभएको छ । मैले प्रधानमन्त्रीलाई भनेको हुँ। तपाइको चाल निको छैन। फेरिन लाग्नु भएको जस्तो छ। यो चाल सच्याउँनुहा्ेस्। उहाँले त्यो बेला म फेरिन लागेको छु भन्नुभयो, तर फेरिनुभएन,’ संसदमा बोल्दै लिङ्देनले भने।-1710317969.jpeg)
काठमाडौं, फागुन ३० : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सांसद राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको चाल ठिक नभएको भन्दै आफुले सच्याउन सल्लाह दिए पनि नमानेको बताएका छन्। बुधबार प्रतिनिधिसभामा बोल्दै लिङ्देनले यस्तो भनाई राखेका हुन्।
‘सबैलाई थाहा छ, तपाई भ्रष्ट्राचार काण्डमा नाम मुछिनुभएको छ । मैले प्रधानमन्त्रीलाई भनेको हुँ। तपाइको चाल निको छैन। फेरिन लाग्नु भएको जस्तो छ। यो चाल सच्याउँनुहा्ेस्। उहाँले त्यो बेला म फेरिन लागेको छु भन्नुभयो, तर फेरिनुभएन,’ संसदमा बोल्दै लिङ्देनले भने।
यो चाल जतिसुकै सिद्धान्तको लेप लगाए पनि पाँच दलीय गठबन्धन स्वार्थको भएको भनाई उनको थियो।
लिङदेनले नेताका प्रति जनताको विश्वास क्षयिकरण भएको पनि बताए। गठबन्धन बन्दा र छुट्दा कुनै राजनीति कारण हुने भए पनि अहिले केही कारण नभएको भनाई लिङदेनको थियो । उनले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताए।












