Kathmandu Press

वीरेन्द्रनगर नगरपालिकाको डोजरमाथि स्थानीयले गरे ढुंगामुढा

नगरपालिकाले वीरेन्द्रनगर–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा डोजर चलाएको छ। डोजरले संरचना भत्काउन थालेपछि व्यवसायीहरु एक्कासी ढुङ्गा मुढामा उत्रिएका थिए।
वीरेन्द्रनगर नगरपालिकाको डोजरमाथि स्थानीयले गरे ढुंगामुढा

सुर्खेत, फागुन ३० : संरचना हटाउने भन्दै वीरेन्द्रनगर नगरपालिकाले डोजर चलाउँदा स्थानीयबासिन्दाले ढुंगामुढा गरेका छन् । हटिया लाइन क्षेत्रमा ढुंगामुढा भएको हो।  

नगरपालिकाले वीरेन्द्रनगर–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा डोजर चलाएको छ। डोजरले संरचना भत्काउन थालेपछि व्यवसायीहरु एक्कासी ढुङ्गा मुढामा उत्रिएका थिए।

Hardik ivf

ढुङ्गामुढापछि झडपको स्थिति आएकापछि भागदौडसमेत मच्चिएको छ। गत माघ १७ गते नगरपालिकाले व्यापारीहरूलाई आफ्ना संरचना भत्काएर हट्न अनुरोध गरेको थियो।

त्यसविरुद्ध व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए। विकल्पै नदिइ हटाउन खोजिएको भन्दै व्यवसायीहरु बिरोधमा उत्रिएका थिए।

प्रकाशित मिति: १४:१६ बजे, बुधबार, फागुन ३०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्