सत्ता हेरफेर स्वार्थको गठजोड मात्र हो : अध्यक्ष लिङ्देन
‘देश र जनताको वर्तमान परिस्थितीलाई केन्द्रमा राखेर यो सरकार बनेको होईन् । सत्तालाई आफ्नो सुरक्षा कबजको रुपमा प्रयोग गर्ने उद्देश्यबाट गठबन्धन निर्माण भएको हो।’-1710317969.jpeg)
काठमाडौं, फागुन ३० : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले अहिले भएको सत्ता हेरफेर स्वार्थको गठजोड भएको बताएका छन्।
बुधबार प्रतिनिधि सभामा उनले स्वार्थ मिले टासिने, नमिले छुटिने भन्दै देश र जनताको वर्तमान परिस्थितीलाई केन्द्रमा राखेर सरकार नबनेको बताए।
‘जति नै सिद्धान्तको लेप लगाएपनि अहिलेको यो सत्ता हेरफेर भनेको स्वार्थको गठजोड हो। स्वार्थ मिले टासिने, नमिले छुटिने। सत्ता निर्माण हुँदा बनेको ७, ८ बुदेँबाट पनि त्यही देखिन्छ,’ उनले भने, ‘देश र जनताको वर्तमान परिस्थितीलाई केन्द्रमा राखेर यो सरकार बनेको होईन् । सत्तालाई आफ्नो सुरक्षा कबजको रुपमा प्रयोग गर्ने उद्देश्यबाट गठबन्धन निर्माण भएको हो।’
यस्तै उनले सत्ता केन्द्रित चलखेलमा राप्रपा सहभागी नहुने भन्दै गठबन्धनलाई राप्रपाले विश्वासको मत नदिने बताए। राजनीतिप्रति धेरै अविश्वास पैदा भएको भन्दै जनतापनि राजनीतिबाट निराश भएको उल्लेख गरे।
‘किन यस्तो हुन्छ की एउटा नेताले अघिल्लो दिन अर्को नेतालाई अछुतो जस्तो व्यवहार गर्छ र भोलिपल्टै त्यही नेता महान र राजनेता हुन्छ यस्तो भएपछि राजनीतिप्रति जनताको विश्वास कसरी बढ्छ,’ अध्यक्ष लिङ्देन।












