Kathmandu Press

च्याप्प समाएर गृहमन्त्री र प्रधानमन्त्री बनाउलान् भनेर भाग्नुपरेको छ : वाग्ले

‘एउटा औसत नेताले त आफ्नो छविको ख्याल हुन्छ भने संघर्षपूर्ण इतिहास भएको वरिष्ठ नेतालाई त पक्कै हुन्छ,’ डा. स्वर्णिमले भने, ‘सशस्त्र द्वन्द्वप्रति विमति राख्दै सिमान्तकृतका अधिकारका विषयमा म समर्थन गर्छु।’
च्याप्प समाएर गृहमन्त्री र प्रधानमन्त्री बनाउलान् भनेर भाग्नुपरेको छ : वाग्ले

काठमाडौं, फागुन ३० : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सांसद एवम् उपाध्यक्ष स्वर्णिम वाग्लेले बुधबार संसदमा बोल्दै जोखिम मोलेर सरकारमा गएको बताएका छन्। वाग्लेले सरकारमा चेस खेल्न गएको समेत बताएका छन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जोखिम मोलेर गएको छ । चेस खेल्न गएपछि गोटी चलाउनै पर्छ,’ उनले भने, ‘कहिले रानी कहिले घोडा कहिले मन्त्री पाइन्छ । च्याप्प समाएर गृहमन्त्री र प्रधानमन्त्री बनाउलान्  भनेर भागिभागी हिन्नु परेको छ।’

Hardik ivf

उनले प्रधनमन्त्रीले व्यक्तिगत लिगेसीका लागि पनि गठबन्धन तोड्नु उचित भएको उनले तर्क गरे।

‘एउटा औसत नेताले त आफ्नो छविको ख्याल हुन्छ भने संघर्षपूर्ण इतिहास भएको वरिष्ठ नेतालाई त पक्कै हुन्छ,’ डा. स्वर्णिमले भने, ‘सशस्त्र द्वन्द्वप्रति विमति राख्दै सिमान्तकृतका अधिकारका विषयमा म समर्थन गर्छु।’

उनले प्रधानमन्त्रीको केही गर्छु भन्ने हुटहुँटीलाई रास्वपाले जोखिम मोलेर समर्थन दिएको बताए। ‘ब्याज खाएर होइन प्रधानमन्त्रीको आफ्नो लिगेसीलाई फराकिलो बनाउने विषयमा हामीले जोखिम मोलेर साथ दिएका हौं,’ डा. वाग्लेले भने।

उनले अवसर पाउँदा सत्तामा जानु अनुभवका लागि उपयुक्त हुने बताए।

प्रकाशित मिति: १३:५९ बजे, बुधबार, फागुन ३०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्