कांग्रेससँग गोत्र नमिलेर गठबन्धन भत्कियो : यादव
‘विगतको गठबन्धन अप्राकृतिक थियो । किनभने अहिले उहाँहरूको कुरा सुन्दा मंसिर ४ को कुरा आयो । त्यसबेला गठबन्धन बन्दा बीचमा कुनै लिखित दस्ताबेज, साझा घोषणा पत्र थिएन । विश्वासको आधारमा भएको हो,’ यादवले भने।
काठमाडौं, फागुन ३० : नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्रराय यादवले माओवादी केन्द्र र एमालेको गठवन्धनमा गोत्र मिलेको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै यादवले नेपाली कांग्रेस र माओवादीको गठबन्धन गोत्र नमिलेका कारण भत्किएको दाबी समेत गरे।
‘विगतको गठबन्धन अप्राकृतिक थियो । किनभने अहिले उहाँहरूको कुरा सुन्दा मंसिर ४ को कुरा आयो । त्यसबेला गठबन्धन बन्दा बीचमा कुनै लिखित दस्ताबेज, साझा घोषणा पत्र थिएन । विश्वासको आधारमा भएको हो,’ यादवले भने।
कांग्रेससँग माओवादी नमिलेको भए ५२ सिट जित्ने दाबी समेत उनले गरे।
प्रकाशित मिति: १३:४० बजे, बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार