Kathmandu Press

प्रधानमन्त्री ज्यु, ०७९ मा भोट मागेका जनतालाई के उत्तर दिनुहुन्छ : शर्मा

गाउँ गएर जनताले केन्द्रको गठबन्धनमा के भयो भनेर प्रश्न गर्दा के उत्तर दिने, प्रधानमन्त्री ज्यु?,’ उनले भने, ‘प्रधानमन्त्री ज्यू सँगै भोट माग्न हिनेका तपाई हाम्रा साथीहरूलाई केन्द्रको गठबन्धन के भयो भन्दा क्रान्तिकारी उथलपुथल भयो भनौँ?’
प्रधानमन्त्री ज्यु, ०७९ मा भोट मागेका जनतालाई के उत्तर दिनुहुन्छ : शर्मा

काठमाडौं, फागुन ३० : नेपाली कांग्रेसका सांसद एवम् महामन्त्री विश्वप्रकाश शर्माले माओवादी केन्द्रले ०७९ को निर्वाचनमा गठबन्धन भन्दै भोट मागेका जनतालाई के उत्तर दिने भनेर प्रश्न उठाएका छन्।

बुधबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका शर्माले यस्तो प्रश्न उठाएका हुन्। ‘गाउँ गएर जनताले केन्द्रको गठबन्धनमा के भयो भनेर प्रश्न गर्दा के उत्तर दिने, प्रधानमन्त्री ज्यु?,’ उनले भने, ‘प्रधानमन्त्री ज्यू सँगै भोट माग्न हिनेका तपाई हाम्रा साथीहरूलाई केन्द्रको गठबन्धन के भयो भन्दा क्रान्तिकारी उथलपुथल भयो भनौँ?’

Hardik ivf

विश्वासको मत नै नलिई प्रधानमन्त्रीले प्रदेश प्रमुख बर्खास्त गरेर बहादुरी पेस गरेको भन्दै व्यङ्ग्य पनि गरे।

‘प्रधानमन्त्री ज्यू विश्वासको मत नै नलिई प्रदेश प्रमुख बर्खास्त किन?,’ शर्माले भने। प्रधानमन्त्रीसँग गणितमा विश्वास भएपनि राजनीतिक अविश्वास सबैको रहेको भनाई समेत शर्माले राखे।

 

प्रकाशित मिति: १३:२८ बजे, बुधबार, फागुन ३०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्