Kathmandu Press

‘संसदमा राजनीति मात्र होइन जनजीविकामा पनि छलफल हुनुपर्छ’

उनले एक प्रधानमन्त्रीले १५ महिनामा तीनपटक विश्वासको मत लिनुपर्ने विषयमाथि सदनमा छलफल गर्नुपरेको बताए।
‘संसदमा राजनीति मात्र होइन जनजीविकामा पनि छलफल हुनुपर्छ’

काठमाडौं, फागुन ३० : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताका प्रतिनिधिको सर्वोच्च थलो सदनमा सधैं सत्ता र विपक्षका राजनीतिक कुरा मात्र होइन जनताका दैनिक सवालका विषयले पनि प्राथमिकता पाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय छलफलमा भाग लिँदै उनले एक प्रधानमन्त्रीले १५ महिनामा तीनपटक विश्वासको मत लिनुपर्ने विषयमाथि सदनमा छलफल गर्नुपरेको बताए।

Hardik ivf

‘आज सदनमा पुँजीगत बजेट खर्च हुन नसकेको, शान्तिप्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषय, संघीयता बलियो बनाउने, शिक्षा स्वास्थ्य सुधारका विषय, इजरायलमा हमासको आक्रमणका बेला अज्ञात रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ, रुस–युक्रेन युद्धमा रुसी सेनामा लडिरहेका र मरिरहेका नेपाली नागरिकका विषयमा छलफल हुनुपर्ने होइन?,’ महामन्त्री शर्माले भने।

कांग्रेसले विभिन्न कालखण्डमा कहिले दुई तिहाइ कहिले बहुमत प्राप्त गरी कहिले सत्तामा र कहिले प्रतिपक्षमा रहेर मुलुक र जनताका लागि ऐतिहासिक काम गरेको उदाहरण उनले प्रस्तुत गरे।

सम्बोधनका क्रममा महामन्त्री शर्माले लुम्बिनीमा हुन गइरहेको शान्ति सम्मेलन नेपाल सरकारले स्थगित गर्दा अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश गएको बताए।

साथै उनले विश्वासको मत नलिईकन प्रदेश प्रमुख बर्खास्त गर्दा अस्थिरताको सन्देश गएको समेत उल्लेख गरे। महामन्त्री शर्माले राजनीतिक नेतृत्वले आलोचना सुन्नसक्ने र विश्वासको वातावारण बनाउन सक्नुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति: १३:२३ बजे, बुधबार, फागुन ३०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्