Kathmandu Press

‘कांग्रेसले आफ्नो डकुमेन्ट कम्युनिष्ट पार्टीलाई सोधेर लेख्दैन’

‘कांग्रेसले आफ्नो डकुमेन्ट समय अनुसार लेख्छ। नेपाली जनता, नेपाली कांग्रेसलाई सोधेर लेख्छ। नेपाली कांग्रेसले आफ्नो डकुमेन्ट कम्युनिष्ट पार्टीलाई सोधेर लेख्दैन,’ उनले भने, ‘त्यसैले यो डकुमेन्टको अवस्थामा चित्त बुझाउनुपर्ने अवस्था छैन।’
‘कांग्रेसले आफ्नो डकुमेन्ट कम्युनिष्ट पार्टीलाई सोधेर लेख्दैन’

काठमाडौं, फागुन ३० : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले कोसीमा माओवादी केन्द्रका राष्ट्रिय सभा उम्मेदवार पराजय हुँदा कांग्रेसले आफ्नै उम्मेदवार पराजय भएको महसुस गरेको भएपनि माओवादी गठबन्धन गरेको बेला हँसिया हतौडामा भोट हालेको विर्सिएको आरोप लगाए।  

बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले  प्रधानमन्त्री दाहालले महासमिति बैठकमा प्रस्तुत प्रस्तावको विषयलाई मुख्य दोष लगाएको उल्लेख गर्दै नेपाली कांगेसले डकुमेन्ट समयअनुसार लेखेको बताए।

Hardik ivf

‘कांग्रेसले आफ्नो डकुमेन्ट समय अनुसार लेख्छ। नेपाली जनता, नेपाली कांग्रेसलाई सोधेर लेख्छ। नेपाली कांग्रेसले आफ्नो डकुमेन्ट कम्युनिष्ट पार्टीलाई सोधेर लेख्दैन,’ उनले भने, ‘त्यसैले यो डकुमेन्टको अवस्थामा चित्त बुझाउनुपर्ने अवस्था छैन।’

हिन्दु धर्म, राजतन्त्र फिर्ता र यो व्यवस्थाविरुद्ध बोल्ने पार्टीसँग टाउको जोडेर हिंड्दा प्रतिगमन भएन भन्दै शर्माले प्रधानमन्त्री दाहाललाई प्रश्न गरे।

शर्माले नेपाली कांग्रेसले सविंधान निर्माणको नेतृत्व र व्यवस्था लागु गरि १२ बुँदे सहमति गरेको उल्लेख गर्दै प्रधानमन्त्री नै अस्थिरताको जड रहेको बताए।

प्रकाशित मिति: १३:१० बजे, बुधबार, फागुन ३०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्