Kathmandu Press

‘विश्वासको महाखडेरीका बेला पटक–पटक विश्वास माग्न उभिनुभयो’

‘गज्जब छ वर्षमा १ पटक हैन, ३ पटक पाउनुहुन्छ। अचम्म लाग्छ, विश्वासको मत पनि पाउनुहुनछ, म अचम्मित भएर आफ्ना अभिव्यक्ति राख्न चाहन्छ,’ शर्माले भने।
‘विश्वासको महाखडेरीका बेला पटक–पटक विश्वास माग्न उभिनुभयो’

काठमाडौं, फागुन ३० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले प्रतिनिधिसभा बैठकमा बोल्दै मुलुकभर विश्वासको महाखडेरी परेको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पटक–पटक विश्वास माग्न संसद्मा उभिएको बताउँदै व्यंग्य गरेका छन्।

महामन्त्री शर्माले उनले एक वर्षमा तीन पटक विश्वासको मत पाउन लागेको भन्दै यसले आफूलाई अचम्मित भएको पनि बताए।

Hardik ivf

‘गज्जब छ वर्षमा १ पटक हैन, ३ पटक पाउनुहुन्छ। अचम्म लाग्छ, विश्वासको मत पनि पाउनुहुनछ, म अचम्मित भएर आफ्ना अभिव्यक्ति राख्न चाहन्छ,’ शर्माले भने।

शर्माले अहिले प्रशासन, अस्पताल, व्यापारी, विद्यालय, छिमेकी हुँदै राजनीतिक नेतृत्वप्रति कतै विश्वासको वातावरण नभएको समेत बताए।

‘हाम्रो देशमा सबैभन्दा धराप अवस्थामा विश्वास छ। प्रशासन, अस्पताल, व्यापारी, विद्यालय, छिमेकी हुँदै राजनीतिक नेतृत्तवप्रति पनि विश्वास छैन,’ शर्माले भने, ‘विश्वासको यस्तो महाखडेरी परेको बेलामा विश्वासको मत माग्न प्रधानमन्त्री उभिनुभएको छ।’

प्रकाशित मिति: १३:०६ बजे, बुधबार, फागुन ३०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्