Kathmandu Press

कांग्रेसले इमानका कुरा गर्नु बेकार हो : ओली

देशमा विभिन्न खालका विद्वेष र घृणा फैलाउने काम भइरहेका भन्दै उनले चिन्ता व्यक्त गरे। ओलीले नागरिक सर्वोच्चता भन्दा माथि कुनै पनि सर्वोच्चता नहुने बताए।
कांग्रेसले इमानका कुरा गर्नु बेकार हो : ओली

काठमाडौं, फागुन ३० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसमाथि आक्रमक रुपमा प्रश्तुत भएको छन्। वुधबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसले बारम्बार बेइमान गरेको बताए।

ओलीले कांग्रेसले इमानका कुरा गर्नु बेकार हुने बताउँदै कांग्रेसले इमानको कुरा गर्दा आफूलाई अचम्म लाग्ने गरेको सुनाए। अहिलेको परिस्थिति एमालेको कारण बनेको नभई अघिल्लो गठबन्धनकै कारण बनेको उनले बताए।

Hardik ivf

पोहोर दुई महिनामा नै सरकार परिवर्तन गर्दा अस्थिरता भएको नदेख्ने कांग्रेसलाई एक वर्षपछि कसरी अस्थिरता भयो भन्ने प्रश्न गरे।

देशमा विभिन्न खालका विद्वेष र घृणा फैलाउने काम भइरहेका भन्दै उनले चिन्ता व्यक्त गरे। ओलीले नागरिक सर्वोच्चता भन्दा माथि कुनै पनि सर्वोच्चता नहुने बताए।

नेपाल सम्पूर्ण नेपाली जनताको साझा राज्य भएको उल्लेख गर्दै उनले भने, ‘देशलाई एकताबद्ध बनाउनु पर्छ, सबैको साझा राज्य हो, त्यसको कार्यान्वयन हुनुपर्दछ।’ अध्यक्ष ओलीले बहुदलीय निर्वाचन प्रणाली रहेका कारण सत्ता समीकरण फेरबदल हुनु स्वाभाविक भएको बताए।

नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेस नेताहरुले अस्थिर भन्ने गरेको बताउँदै उनले दुई महिनामा सरकार परिवर्तन हुँदा किन अस्थिर भयो भन्नुभएन भन्दै प्रश्न गरे।

‘सत्ता परिवर्तन स्वभाविक छ। हामीले दलीय निर्वाचनको प्रणाली ल्यायौं। बहुमत कसैसँग पनि छैन । अस्थिरताको खेती तपाईहरुले गर्नुभएको हो नि,’ उनले भने, ‘पोहोर दुई महिनामा सरकार परिवर्तन हुँदाखेरि तपाईहरुलाई अस्थिरता लागेन? अहिले १४ महिनामा सरकार परिवर्तन हुँदा केको अस्थिरता? दुई महिना नभइकन कसरि सरकार परिवर्तन गरेको हो।’

प्रकाशित मिति: १२:५३ बजे, बुधबार, फागुन ३०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्