ओलीद्वारा कांग्रेसलाई संवाद र छलफलका लागि आग्रह
‘म भन्न चाहन्छु, प्रतिपक्षीमा हुने बित्तिकै कुरै नचल्ने भन्ने हुँदैन। आउनुस् कुरा गरौँ, छलफल गरौँ, र मिलेर समस्या समाधान गरौ। देश समस्यामा छ,’ उनले भने।
काठमाडौं, फागुन ३० : सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई संवाद र छलफलका लागि आग्रह गरेका छन्।
एमाले नेता ओलीले नयाँ परिवेश र परिस्थितिलाई सहज ढंगले लिनुपर्ने पनि बताए।
‘म भन्न चाहन्छु, प्रतिपक्षीमा हुने बित्तिकै कुरै नचल्ने भन्ने हुँदैन। आउनुस् कुरा गरौँ, छलफल गरौँ, र मिलेर समस्या समाधान गरौ। देश समस्यामा छ,’ उनले भने।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले समस्या समाधानमा कांग्रेसले सहयोग गर्नुपर्ने भनाइ समेत राखे।
‘यो त हुनै थियो, यस्ता खालका प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ । शेरबहादुरजी हिजो सत्तापक्षमा हुनुहुन्थ्यो, पूर्वप्रधानमन्त्री। म आज सत्तापक्षमा छु, पूर्वप्रधानमन्त्री पनि हुँ,’ उनले भने।
प्रकाशित मिति: १२:४६ बजे, बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार