Kathmandu Press

रोस्ट्रमबाट ओलीले भने– ‘गठबन्धन परिवर्तन छिमेकीले गरेको होइन, जस हामी दुई भाइलाई दिए हुन्छ’

‘सरकार गठनलगायत सानातिना आन्तरिक काम, यत्तिको काम त हामीले गरेको भनेर भन्नु नि। यो हामीले गरेको हो । प्रचण्डजी मुख्य हो, साथ दिने म पनि हो। दुई भाइलाइ जस दिए पनि हुन्छ नि !’
रोस्ट्रमबाट ओलीले भने– ‘गठबन्धन परिवर्तन छिमेकीले गरेको होइन, जस हामी दुई भाइलाई दिए हुन्छ’

काठमाडौं, फागुन ३० : एमालेका अध्यक्ष केपी ओलीले सत्ता गठबन्धन परिवर्तन छिमेकी मुलुकले होइन्, आफूहरुले नै गरेको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासमा समर्थन गर्दै उनले गठबन्धन परिवर्तनमा प्रधानमन्त्री पुष्पकमल दाहाल मुख्य रहेको र आफूले साथ दिएको बताए।

Hardik ivf

‘हामीले सँगै मिलेर ठूल्ठूला काम गरेका छौं । राम्रो काम भएजति आफैंले गरेको भन्छ कांग्रेसले, अरुलाई एकछेउ जस दिन्छ?,’ उनले भने, ‘सरकार गठनलगायत सानातिना आन्तरिक काम, यत्तिको काम त हामीले गरेको भनेर भन्नु नि। यो हामीले गरेको हो । प्रचण्डजी मुख्य हो, साथ दिने म पनि हो। दुई भाइलाइ जस दिए पनि हुन्छ नि !’

उलने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन कांग्रेसलाई आग्रह गरे। उनले विगतमा भोटै नमाग्दा पनि समर्थन गर्ने कांग्रेसले अहिले पनि त्यो गर्दा हुने बताए।

प्रधानमन्त्री र कांग्रेस उही रहेकाले कांग्रेसले समर्थन गर्नुपर्ने ओलीको भनाइ थियो ।

प्रकाशित मिति: १२:३० बजे, बुधबार, फागुन ३०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्