Kathmandu Press

‘कांग्रेसको आन्तरिक द्वन्द्वले सरकार सञ्चालनमा अप्ठ्यारो पर्‍यो’

संवैधानिक प्रक्रियाबाट समीकरण बदल्दा म विश्वासघाती र धोकेबाज कसरी भएँ? निरन्तर संघर्षरत नेपाली कांग्रेसभित्रका विचार समूहहरूले युद्धविराम नै गरेर मप्रति नयाँ निन्दा अभियानमा प्रतिस्पर्धा गरिरहेको महसुस गरेको छु।’
‘कांग्रेसको आन्तरिक द्वन्द्वले सरकार सञ्चालनमा अप्ठ्यारो पर्‍यो’

काठमाडौं, फागुन ३० : कांग्रेस आन्तरिक द्वन्द्वले अघिल्लो गठबन्धन सरकार सञ्चालनमा अप्ठ्यारो परेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो एक वर्ष कांग्रेसभित्रको द्वन्द्वले सरकार र गठबन्धनमा आफू आजित भएको बताए।

Hardik ivf

प्रधानमन्त्री दाहालले कांग्रेसले आफूलाई धोकेबाज भनेकोप्रति पनि असन्तुष्टि पोखे। उनले आफूले नभएर कांग्रेसले पटक–पटक विश्वासघात गरेको उल्लेख गरे।

‘जुन गठबन्धनमा सामेल भएर मेरो नेतत्वको पार्टीले नेपाली कांग्रेसलाई सबभन्दा ठूलो दल बनाउन मद्दत गर्यो, त्यही दलसँग भएको सहमति तोड्ने खुलेआम धोका र विश्वासघातको परिणाम नेकपा एमालेका लगायतका दलहरुको समर्थनमा प्रधानमन्त्री बनेको थिएँ,’ प्रधानमन्त्री दाहालले भने, ‘संवैधानिक प्रक्रियाबाट समीकरण बदल्दा म विश्वासघाती र धोकेबाज कसरी भएँ? निरन्तर संघर्षरत नेपाली कांग्रेसभित्रका विचार समूहहरूले युद्धविराम नै गरेर मप्रति नयाँ निन्दा अभियानमा प्रतिस्पर्धा गरिरहेको महसुस गरेको छु।’

गठबन्धन बदलिएपछि कांग्रेसका दुई समूहबीच एकता भएको दाहालको भनाइ थियो। कांग्रेसको एकताले मुलुकको लोकतन्त्रलाई बलियो बनाउने उनले बताए।

प्रकाशित मिति: १२:११ बजे, बुधबार, फागुन ३०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्