Kathmandu Press

‘जसरी काम गर्न खोजेको थिएँ त्यसरी यो टिमले काम गर्न सक्दैन भन्ने लागेको गठबन्धन फेरेँ’

प्रतिनिधिसभाको बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्दै प्रधानमन्त्री दाहालले जसरी काम गर्न खोजेको थिएँ त्यसरी यो टिमले काम गर्न सक्दैन भन्ने भएपछि गठबन्धन फेरेको बताए।
‘जसरी काम गर्न खोजेको थिएँ त्यसरी यो टिमले काम गर्न सक्दैन भन्ने लागेको गठबन्धन फेरेँ’

काठमाडौं, फागुन ३० : प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन्।

प्रतिनिधिसभाको बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्दै प्रधानमन्त्री दाहालले जसरी काम गर्न खोजेको थिएँ त्यसरी यो टिमले काम गर्न सक्दैन भन्ने भएपछि गठबन्धन फेरेको बताए।

Hardik ivf

अहिले आफूले मात्र उथलपुथल नगरेको बताउँदै प्रधानमन्त्री दाहाल यो निरन्तरतामा क्रमभंगताकै श्रृंखलामा यो भएको बताए।

‘निरन्ततरता र क्रमभंगताबाट अघि बढ्छ। १४–१५ महिनामा उथलपुथल भइरहेको छ। यो विकासको एउटा नियम हो,’ उनले भने, ‘सरकार पुनर्गठन र आवश्यकताबारे यसअघि नै सरकारलाई जानकारी गराइसकेको छु।’

प्रधानमन्त्री दाहालले आफू अर्थतन्त्र सुधार गर्न लागिपरेको बताउँदै सर्वभौम संसदमा साथ चाहिएको बताए।

प्रकाशित मिति: ११:५६ बजे, बुधबार, फागुन ३०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्