Kathmandu Press

प्रतिनिधिसभा बैठक चैत १३ गतेका लागि सर्‍यो

काठमाडौं, चैत ६ : प्रतिनिधिसभाको बैठक चैत १३ गतेका लागि सरेको छ। 

शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक चैत १३ ग....

प्रतिनिधिसभा बैठक चैत १३ गतेका लागि सर्‍यो
फाइल

काठमाडौं, चैत ६ : प्रतिनिधिसभाको बैठक चैत १३ गतेका लागि सरेको छ। 

शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक चैत १३ गते बस्ने गरी सरेको हो। कोभिड १९ भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै प्रतिनिधिसभा बैठक सारिएको संसद सचिवालयले जनाएको छ। 

सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए। कार्यव्यवस्था परामर्श समितिको बैठकपछि संसद सचिवालयले प्रतिनिधिसभा बैठक सूचना टाँस गरी चैत १३ गतेसम्मका लागि स्थगित भएको जानकारी दिएको हो।

प्रतिनिधिसभा बैठक केही दिनपछि सरेपनि शुक्रबार नै बोलाइएको राष्ट्रियसभाको बैठकका विषयमा भने कुनै निर्णय भएको छैन। 

प्रकाशित मिति: १८:३० बजे, बिहीबार, चैत ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्