Kathmandu Press

ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएको प्रति कांग्रेसले गर्‍यो आलोचना

बुधबारको प्रतिनिसभा बैठकको सुरुमै बोल्दै कांग्रेस सचेतक सुशीला थिङले उथलपुथल ल्याउँछु भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री नियुक्त गरेको भन्दै आलोचना गरिन्।
ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएको प्रति कांग्रेसले गर्‍यो आलोचना

काठमाडौं, फागुन ३० : सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाइएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आलोचना गरेको छ।

बुधबारको प्रतिनिसभा बैठकको सुरुमै बोल्दै कांग्रेस सचेतक सुशीला थिङले उथलपुथल ल्याउँछु भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री नियुक्त गरेको भन्दै आलोचना गरिन्।

Hardik ivf

‘प्रधानमन्त्रीले कसरी मन्त्रीहरु ल्याउनु भएछ भने सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेकालाई गृहमन्त्रीमा ल्याउनु भएछ, साँच्चिकै उहाँले उथलपुथल गरेर ल्याउनु भएछ,’ उनले भनिन्।

यस्तै, उनले तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनको सचिवालय पनि सुन तस्करी जोडिएको विषयमा सरकारको ध्यानाकर्षण गराइन्। थिङले आफूहरूले उठाएको मागको जवाफ संसद् अवरोध गर्ने चेतावनी दिइन्।

‘तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनको सचिवालय पनि सुन तस्करी प्रकरणमा जोडेर आएको छ। यो विषयमा निराकरण नभएसम्म अबको सदन सहजै चल्छ भन्ने नसोच्नुहोला,’ उनले भनिन्।

प्रकाशित मिति: ११:४४ बजे, बुधबार, फागुन ३०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्