Kathmandu Press

नेपालको कलाकौशल र संस्कृतिप्रति विश्वसमुदाय लालायित छ : राष्ट्रपति पौडेल

उनले नेपालले यही संस्कृति सम्पदा र सुन्दर प्रकृतिको संरक्षण र प्रचार गर्न सके पर्यटनको माध्यमबाट मुलुकको विकास र संमृद्धिको आधार खडा हुने दाबी गरे।
नेपालको कलाकौशल र संस्कृतिप्रति विश्वसमुदाय लालायित छ : राष्ट्रपति पौडेल

काठमाडाैं, फागुन ३० : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कलाकौशल र संस्कृति विशिष्ट खालको भएकै कारण विश्वसमुदाय लालायित हुने गरेको बताएका छन्।

उनले नेपालले यही संस्कृति सम्पदा र सुन्दर प्रकृतिको संरक्षण र प्रचार गर्न सके पर्यटनको माध्यमबाट मुलुकको विकास र संमृद्धिको आधार खडा हुने दाबी गरे।

Hardik ivf

बुधबार ललितपुरको बालकुमारीमा नवनिर्मित बालकुमारी मन्दिरको समुद्घाटन गर्दै राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकाले कला, सम्पदा र संस्कृतिको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गरे।

‘आज विश्वको आकर्षण नेपालप्रति छ, किनभने हाम्रो संस्कृति, मठमन्दिर, कलाकौशल र प्रकृति विचित्रको छ । यो अत्यन्तै वैभवशाली छ,’ उने भने, ‘यसैका कारण हाम्रो कलाकौशल र सुन्दर संस्कृतिको अवलोकन गर्न विश्वसमुदाय लालायित छ । ललितपुर महानगरपालिकाबाट यसको संरक्षण र जगेर्ना गर्ने काम भइरहेको छ।’

उनले ललितपुर देशकै नमुना स्थानीय सरकार रहेको भन्दै त्यहाँबाट अरुले पनि सिक्नुपर्ने बताए । ‘ललितपुर महानगरपालिकाले अहिले देशभरिका स्थानीय तहबाट नमूना काम गरेर देखाएको छ।

यहाँको कार्यशैली र नेतृत्वबाट अन्य स्थानीय तहले धेरै कुराहरू सिक्न सक्ने देखिरहेको छु,’ राष्ट्रपति पौडेलको भनाइ थियो।

 

प्रकाशित मिति: ११:३६ बजे, बुधबार, फागुन ३०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्