Kathmandu Press

पहाडी क्षेत्रमा आंशिक बदली, उच्च पहाडमा हल्का हिमपातको सम्भावना

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 
पहाडी क्षेत्रमा आंशिक बदली, उच्च पहाडमा हल्का हिमपातको सम्भावना

काठमाडौं, फागुन ३० : आज काठमाडौं उपत्यकासहित देशभर पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जसकारण आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

Hardik ivf

आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।  

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

प्रकाशित मिति: ०८:१० बजे, बुधबार, फागुन ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्