राष्ट्रियसभा बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?
बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोकिने कार्यसूचीमा उल्लेख छ ।
काठमाडौं, फागुन ३० : राष्ट्रियसभा बैठक आज बस्दै छ । आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्ने संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोकिने कार्यसूचीमा उल्लेख छ ।
साथै आगामी आर्थिक वर्ष २०८१–०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहनेछ ।
प्रकाशित मिति: ०७:५८ बजे, बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार