Kathmandu Press

कांग्रेसले आफ्नो नेतृत्वमा रहेका प्रदेश सरकारलाई सुरक्षित गर्न पहल गर्ने

सातै प्रदेशका बारेमा प्रदेश सभापतिहरूसँग जानकारी लिएको र कांग्रेस नेतृत्वमा रहेको प्रदेश सरकारलाई बचाउने प्रयासलाई जारी राख्ने निर्णय भएको उनले बताए।
कांग्रेसले आफ्नो नेतृत्वमा रहेका प्रदेश सरकारलाई सुरक्षित गर्न पहल गर्ने

काठमाडौं, फागुन २९ : नेपाली कांग्रेसले आफु नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुरक्षित गर्न पहल गर्ने भएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहित प्रदेशका नेताहरुको बैठकले आफू नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुरक्षित गर्ने र अन्य प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो।

Hardik ivf

बैठकपछि सहमहामन्त्री जीवन परियारले सम्भावना बाँकी रहेका प्रदेशमा सरकार जोगाउने बिषयमा छलफल भएको जानकारी दिए। सातै प्रदेशका बारेमा प्रदेश सभापतिहरूसँग जानकारी लिएको र कांग्रेस नेतृत्वमा रहेको प्रदेश सरकारलाई बचाउने प्रयासलाई जारी राख्ने निर्णय भएको उनले बताए।

त्यस्तै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रदेश सरकारको अवस्थाका बारेमा छलफल केन्द्रीत रहेको र यथार्थ जानकारी लिने काम भएको बताए।

त्यस्तै सदनमा विपक्षमा रहेका दलहरुसँग सहकार्य गरेर सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो।

प्रकाशित मिति: २०:४४ बजे, मंगलबार, फागुन २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्