Kathmandu Press

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

सरकारलाई बलियो बनाउँदै प्रभावकारी काम गर्नुपर्ने भएकाले एमालेले विश्वासको मतका पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको हो।
प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं, फागुन २९ : प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन अर्को सत्तारुढ दल नेकपा एमालेले ह्वीप जारी गरेको छ।

मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको हो।

Hardik ivf

कांग्रेससँगको गठबन्धन तोड्दै एमालेलगातका दलसँग गठबन्धन गर्दै सरकार पुनर्गठन गरेका प्रधानमन्त्री दाहालले बुधबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्।

सरकारलाई बलियो बनाउँदै प्रभावकारी काम गर्नुपर्ने भएकाले एमालेले विश्वासको मतका पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको हो। संसदको दोस्रो ठूलो दल एमालेका ७६ सांसद छन्।

संसदीय दलको बैठकमा अध्यक्ष केपी ओलीले मन्त्री र सांसदले सरकार बलियो बनाउन निर्देशन दिए। उनले अघिल्लो गठबन्धन सरकारबाट कमजोरी भए पनि नयाँ गठबन्धनको सकारले राम्रो काम गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १९:३२ बजे, मंगलबार, फागुन २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्