Kathmandu Press

खोटाङमा सडक नाटक ‘खिल’ मञ्चन

महिला हिंसा र लागूऔषध न्यूनिकरणसम्बन्धी जनचेतनामूलक नाटक फागुन २५, २६ र २७ गते गाउँपालिकै सहकार्यमा मञ्चन गरिएको हो।
खोटाङमा सडक नाटक ‘खिल’ मञ्चन

काठमाडौं, फागुन २९ : खोटाङका विभिन्न स्थानमा सडक नाटक ‘खिल’ मञ्चन गरिएको छ।

११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर खोटेहाङ गाउँपालिकाका विभिन्न स्थानमा ‘खिल’ मञ्चन गरिएको हो। महिला हिंसा र लागूऔषध न्यूनिकरणसम्बन्धी जनचेतनामूलक नाटक फागुन २५, २६ र २७ गते गाउँपालिकै सहकार्यमा मञ्चन गरिएको हो।

Hardik ivf

राज थापाले लेखेको नाटकलाई पूर्खाजित राईले दिर्नेशन गरेका हुन्। नाटकमा सुप्रिमा सुनुवार, मुस्कान राई, दुर्गा लिम्बू, मनिका सिङ्तान, निरूता राई, कृतिका राई, देवासुर राई तथा लामो समयदेखि रंगकर्ममै रमाइरहेका जेबी डिसीको अभिनय छ।

महिला हिंसा र लागूऔषध न्यूनिकरणका लागि समाजमा चेनता फैलाउन सडक नाटक मञ्चन गरिएको निर्देशक पूर्खाजित राईले बताए। उनले यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए।

यता, कलाकार जेबी डिसीले समाजमा चेतना फैसलाउने अभियानको हिस्सा बन्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। उनले संविधानमा लेखिएर र कानुन बनेरमात्र महिला हिंसा अन्त्य नहुने बताएँदै त्यसका लागि जनस्तरमा पुगेर सचेतना फैलाउन आवश्यक भएको बताए।

 

प्रकाशित मिति: १९:१० बजे, मंगलबार, फागुन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्