अघिल्लो गठबन्धन ‘खरानीको डल्लो’ थियो, हामीले फुटाइदियौं : ओली
ओलीले नयाँ सत्तासमीकरण सरकारमा जाने हतारोका कारण नबनेको समेत बताएका छन्। मंगलबार बसेको पार्टी संसदीय दलको बैठकमा ओलीले यस्तो भनाई राखका हुन्।
काठमाडौ, फागुन २९ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यसअघिको गठबन्धन ‘खरानीको डल्लो’ भएको बताउँदै आफुले फुटाईदिएको बताएका छन्।
ओलीले नयाँ सत्तासमीकरण सरकारमा जाने हतारोका कारण नबनेको समेत बताएका छन्। मंगलबार बसेको पार्टी संसदीय दलको बैठकमा ओलीले यस्तो भनाई राखका हुन्।
सरकार परिवर्तन आफूहरूले नै गराएको दाबी ओलीको छ। बैठकलाई संवोधन गर्दै ओलीले भने, ‘गठबन्धनमा हुनेहरूको उन्माद थियो। यो खरानीको डल्लो अमर छ, तोडफोड नै हुन नसक्ने भन्ने कुरा थियो। खरानीको डल्लो फुट्नुपर्थ्याे, हामीले फुटाईदिएका हौं।’
बैठकमा ओलीले अघि भने, ‘यो परिवर्तन हामीले गरेको, गराएको हो। यति जस त हामीलाई दिनुस्। कहाँ चीन पुर्याएको यति सानो कामलाई पनि। चीनले बनाइदियो रे, चीन आयो रे, चीन घुस्यो रे ! यस्ता कुरा नगर्नुस्। यत्रो मिहिनेत गरेर बनाइएको छ। यति जस त हामीलाई दिए हुन्छ नि ! कहाँ अर्कालाई दिएको हो?,’












