Kathmandu Press

सुर्ती, खैनी तथा गुट्का उद्योगको विवरण माग

मंगलबार समितिमा भएको बैठकमा उनले नेपालमा सञ्चालित सुर्ती, खैनी तथा गुट्का उद्योगको विवरण, उत्पादनको अवस्था र वार्षिक रुपमा हुने आयातको विवरण समितिलाई उपलब्ध गराउने भनेर निर्णय गरेर जानकारी दिएका हुन्। 
सुर्ती, खैनी तथा गुट्का उद्योगको विवरण माग

काठमाडौं, फागुन २९ : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले सुर्ती, खैनी तथा गुट्का उद्योगको विवरण समितिलाई उपलब्ध गराउने निर्णय भएको बताएका छन्। 

मंगलबार समितिमा भएको बैठकमा उनले नेपालमा सञ्चालित सुर्ती, खैनी तथा गुट्का उद्योगको विवरण, उत्पादनको अवस्था र वार्षिक रुपमा हुने आयातको विवरण समितिलाई उपलब्ध गराउने भनेर निर्णय गरेर जानकारी दिएका हुन्। 

Hardik ivf

उनले भने, ‘आजको बैठकमा सुर्ती, खैनी तथा गुट्का उद्योगको पुँजी तथा क्षमता वृद्धिको स्वीकृति सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भयो। थप विवरण उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय विवरण विभागबाट लिनुपर्ने भएको हुँदा विभिन्न किसिमका नेपालमा नै सञ्चालित सुर्ती, खैनी तथा गुट्खा उद्योगको विवरण लिने, सुर्ती, खैनी तथा गुट्का उत्पादनको अवस्थाबारे विवरण उपलब्ध गराउने, वार्षिक रुपमा हुने आयातको विवरण समेत समितिलाई उपलब्ध गराउने भनेर एउटा सानो निर्णय गरेर पठाउने भन्ने छ।’

उक्त बैठकमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय सचिव मुकुन्दप्रसाद निरौलाले लाइसेन्स होल्ड गरेर आफू अनुकूल कारखाना स्थापना गर्ने प्रवृत्ति धेरै रहेको भन्दै यसको लागि निर्देशन जान आवश्यक भएको बताए। उनले भने, ‘आफू अनुकुल कारखाना स्थापना गर्छन्, यसको लागि पनि निर्देशन जानु आवश्यक देख्छु। कस्तो छ भने लाइसेन्स लिएर होल्ड गरेर बस्ने, यसको लागि पनि निर्देशन आवश्यक छ।’

यस्तै, उनले संघ, प्रदेश, स्थानीय तहमा उद्योग दर्ता गर्ने सन्दर्भमा विषयमा छलफल भइरहेको पनि उनको भनाई छ। बैठकमा सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको स्वीकृति सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भएको थियो।

प्रकाशित मिति: १६:१८ बजे, मंगलबार, फागुन २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्