Kathmandu Press

पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा नाै जनाको मृत्यु

घटना हरम गेट नजिक मोहल्ला जवादियान इलाकामा भएको स्थानीय संचार माध्यमले जनाएका छन्। ग्यास लिलिन्डर विस्फोटले ३ वटा भवन पनि क्षतिग्रस्त भएका थिए।
पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा नाै जनाको मृत्यु

काठमाडौं, फागुन २९ : पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा नाै जनाको मृत्यु भएको छ। घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्।

घटना हरम गेट नजिक मोहल्ला जवादियान इलाकामा भएको स्थानीय संचार माध्यमले जनाएका छन्। 
ग्यास लिलिन्डर विस्फोटले ३ वटा भवन पनि क्षतिग्रस्त भएका थिए।

Hardik ivf

क्षतिग्रस्त भवनमुनी दबिएर उनीहरुको मृत्यु भएको जनाइएको छ। घटनामा परेर मृत्यु भएका पाँच जना एकै परिवारको रहेको पाकिस्तानी अखवार डनले जनाएको छ। 

जिल्ला अपतकालिन अधिकारी डा. कलीमुल्लाहले मृतकको शव र घाइतेहरुलाई पाँच घण्टामा निकालिएको थियो। उद्दारका लागि ७० जना भन्दा बढी उद्दारकर्मीहरु परिचालित भएका थिए।  

घटनापछि मुल्तानको डेपुटी कमिश्नर रिजवान कादिरले भौतिक संरचनाको निरीक्षणका लागि प्राविधिक समिति पनि गठन गरेको डनले जनाएको छ।  

त्यहाँका क्षेत्रीय प्रहरी अधिकारी (आरपीओ) मुल्तान सोहेल चौधरीले ग्यास सिलिन्डर विस्फोट भएको र त्यसै कारण घरहरु क्षतिग्रस्त भएको जानकारी दिए। 
 

प्रकाशित मिति: १६:१३ बजे, मंगलबार, फागुन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्