Kathmandu Press

प्रधानमन्त्री प्रचण्डले लगाएका आरोप अस्वीकार्य : डा. महत

कांग्रेस महासमिति बैठकमा गठबन्धनलाई सुदृढताका साथ अगाडि बढाउने निर्णय नै भएको भन्दै उनले बैठक भित्र बोलेका कुरालाई लिएर गठबन्धन परिवर्तन गर्ने काम चालबाजी मात्रै भएको धारणा राखे।
प्रधानमन्त्री प्रचण्डले लगाएका आरोप अस्वीकार्य : डा. महत

काठमाडाैं, फागुन २९ : नेपाली कांग्रेसले सत्तागठबन्धन परिवर्तन गर्दा प्रधानमन्त्री प्रचण्डले लगाएका आरोप स्वीकार्य नभएको जनाएको छ।

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता एवं निर्वतमान अर्थमन्त्री डा. प्रकाशशरण महतले देशलाई सुशासनका साथै आर्थिक वृद्धिको लक्ष्यका साथ अघि बढेको र आर्थिक अवस्था पनि सुधार भएको अवस्थामा सत्तागठबन्धन परिवर्तन गर्दा प्रधानमन्त्री प्रचण्डले लगाएका आरोप स्वीकार्य नभएको बताएका हुन्।

Hardik ivf

उनले प्रधानमन्त्रीले कांग्रेस र कांग्रेसका मन्त्रीहरुमाथि मिथ्या आरोप लगाएको बताए। कांग्रेस महासमिति बैठकमा गठबन्धनलाई सुदृढताका साथ अगाडि बढाउने निर्णय नै भएको भन्दै उनले बैठक भित्र बोलेका कुरालाई लिएर गठबन्धन परिवर्तन गर्ने काम चालबाजी मात्रै भएको धारणा राखे।

महतले आफूले अर्थतन्त्रको जिम्मेवारी सम्हालेपछि अहिलेको अवस्थासम्म आउदा यसलाई लयमा फर्काउन सफल भएको जिकिर गरे। मन्त्रालयमा रहदा आफूले नियम, कानुन र विधिसम्म नभएका फाइलहरुलाई रोकेको उनले बताए।

उहाले मिथ्यांक गर्न आफूहरुले नजानेको भन्दै मुलुकको वास्तविक अवस्था समेत सार्वजनिक गरिसकेको बताए। महतले आफुले देश र जनताप्रतिको जिम्मेवारी पूर्ण रूपमा पुरा गरेको दाबीसमेत गरे।

प्रकाशित मिति: १६:०७ बजे, मंगलबार, फागुन २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्