Kathmandu Press

सहायक वन अधिकृत पार्धेविरुद्ध घुस मुद्दा

काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस लिएको अभियोग पार्धेविरुद्ध लगाइएको छ।
सहायक वन अधिकृत पार्धेविरुद्ध घुस मुद्दा
Hardik ivf

काठमाडौं, फागुन २९ : सब डिभिजन वन कार्यालय, बाँके राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ। 

काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस लिएको अभियोग पार्धेविरुद्ध लगाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठ चिरानको लागि सिफारिस गरिदिने नाममा रकम लिएको पुष्टि भएको दाबी गर्दै विशेष अदालतमा मंगलबार मुद्दा दायर गरेको हो। 

सहायक वन अधिकृत पार्धेले सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी र सूचनाका आधारमा अख्तियार टोलीले उनलाई पक्राउ गरेको थियो। पार्धेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप विगो वमोजिम जरिवाना र सजाय माग गरिएको छ। 
 

प्रकाशित मिति: १५:४७ बजे, मंगलबार, फागुन २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्