Kathmandu Press

राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष दाहालको आजै शपथ

अध्यक्ष दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष दाहालको आजै शपथ

काठमाडौ, फागुन २९ : राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालको आजै शपथ हुने भएको छ। 

अध्यक्ष दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

Hardik ivf

शपथका लागि राष्ट्रपति कार्यालय, शितल निवासमा ४ः३० बजेको समय तय भएको छ। दाहाल मंगलबारै राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित भएका थिए।

राष्ट्रियसभामा अध्यक्षका लागि भएको मतदानमा दाहाल ३९ मतसहित निर्वाचित भएका हुन्। 
 
प्रकाशित मिति: १५:४४ बजे, मंगलबार, फागुन २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्