Kathmandu Press

कांग्रेस महासमिति बैठक र कोसी प्रदेशकाे बहानामा प्रचण्डले धोका दिए : डा. महत

प्रधानमन्त्री प्रचण्डले २०७९ सालको आम निर्वाचनपपछि मात्र तीन पटक सत्ता सहकार्य फेरेको भन्दै महतले प्रचण्डको प्रवृति त्यस्तै खालकाे भएको टिप्पणी गरे। 
कांग्रेस महासमिति बैठक र कोसी प्रदेशकाे बहानामा प्रचण्डले धोका दिए : डा. महत

काठमाडौं, फागुन २९ : नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिबद्धता र जनताले दिएको म्यान्डेट लत्याएको आरोप लगाएका छन्। 

नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजन गर्दै पूर्वअर्थमन्त्री महतले दाहालले कांग्रेस महासमिति बैठकमा प्रस्तुत प्रस्ताव र कोसी प्रदेशका बहानामा धोका दिएको आरोप लगाए। 

Hardik ivf

उनले भने, ‘प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिवद्धता र जनताले दिएको म्यान्डेत लत्याउनुभएको छ। कांग्रेसले केन्द्रीय कार्यसमिति र कार्यसम्पादन बैठक गरेर प्रचण्डमाथि विश्वासघात र बेइमानीको संज्ञा दिसकेका छौं। प्रधानमन्त्रीजीले सदनमा बोल्दा कांग्रेसले घात गरेको कारण सत्ता फेरबदल गर्नुपरेको बताएका छन्। यो सबै कपोलकल्पित र झुटो हो।’ 

प्रधानमन्त्री प्रचण्डले २०७९ सालको आम निर्वाचनपपछि मात्र तीन पटक सत्ता सहकार्य फेरेको भन्दै महतले प्रचण्डको प्रवृति त्यस्तै खालकाे भएको टिप्पणी गरे। 

उनले भने, ‘नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र कार्यसम्पादन बैठक गरेर प्रचण्डमाथि विश्वासघात र वेइमानीको संज्ञा दिसकेका छौं। प्रधानमन्त्रीले पुष्पकमल दाहालले सदनमा बोल्दै गर्दा कांग्रेस महासमिति बैठकका कुरा, कोसीका कुरा गर्नुभएको थियो। यो सब बाहानाबाजी थियो। यही आम निर्वाचनपछि पनि तीन पटक गठबन्धन परिवर्तन गर्नुभएको छ। उहाँको प्रवृतिजन्य निर्णय सिवाय केही होइन।’
 

प्रकाशित मिति: १५:२९ बजे, मंगलबार, फागुन २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्