Kathmandu Press

‘राष्ट्रियसभाको अधिकार क्षेत्रभित्रका कामलाई गम्भीरतापूर्वक लिएर अघि बढ्छु’

मंगलबार राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले कानून निर्माण लगाएतका विषयमा राष्ट्रियसभालाई ओजपूर्ण र गरिमामय बनाउन प्रयन्त गर्ने समेत बताए।
‘राष्ट्रियसभाको अधिकार क्षेत्रभित्रका कामलाई गम्भीरतापूर्वक लिएर अघि बढ्छु’

काठमाडाैं, फागुन २९ : नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रियसभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरतापूर्वक लिएर अघि बढ्ने बताएका छन्।

मंगलबार राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले कानून निर्माण लगाएतका विषयमा राष्ट्रियसभालाई ओजपूर्ण र गरिमामय बनाउन प्रयन्त गर्ने समेत बताए।

Hardik ivf

उनले चुनौतीलाई अवसरको रुपमा लिएर काम गर्ने धारणा राखे। राष्ट्रियसभाले गर्ने सबै भूमिकालाई प्रभावकारी बनाउन सबै दलहरुलाई एकताबद्ध भएर लैजाने उनले बताए।

उनले आफूलाई निर्वाचित गर्ने सबै सदस्यहरूप्रति आभार व्यक्त गरे। 

प्रकाशित मिति: १४:३३ बजे, मंगलबार, फागुन २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्