Kathmandu Press

राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिने युवा उत्पादनमा सरकार प्रयासरत : प्रधानमन्त्री

उनले मुलुकका अधिकांश विधालयमा राष्ट्रिय सेवा दलको विस्तार गर्न प्रतिबद्ध रहेको धारणा राखे।
राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिने युवा उत्पादनमा सरकार प्रयासरत : प्रधानमन्त्री

काठमाडाैं, फागुन २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिन सक्ने सक्षम युवाहरू उत्पादनमा सरकार हरसम्भव प्रयासरत गरेको बताएका छन्।

राष्ट्रिय सेवा दलद्वारा सञ्‍चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवा सशक्तिकरण तालिमले सामर्थ्यवान्, उद्यमशील, सिर्जनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू तयार गरी राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिन सक्ने सक्षम युवाहरू उत्पादनमा सरकार हरसम्भव प्रयासरत गरेको बताएका हुन्।

Hardik ivf

उनले मुलुकका अधिकांश विधालयमा राष्ट्रिय सेवा दलको विस्तार गर्न प्रतिबद्ध रहेको धारणा राखे। बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले युवाको नेतृत्व विकास, नैतिक आचरण र अनुशासनमा निखार ल्याउँदै सवल, सभ्य र सचेत नागरिक बनाउन राष्ट्रियसेवा दल तालिम उपयोगीसिद्ध रहने गरेको आफूले पाएको जिकिर गरे। तालिमबाट प्राप्त विभिन्‍न ज्ञानले राष्ट्रिय एकताको भावनासमेत अभिवृद्धि गर्ने विश्वास उहाले व्यक्त गरे।

दीक्षान्त समारोहमा छात्र÷छात्राहरुले दीक्षान्त कवाज प्रदर्शन गर्नुका साथै तेक्वान्दो पि.टी., मास पि.टी. लगाएतका कला प्रस्तुत गरेका थिए।  युवा शक्तिको महत्व तथा आवश्यकतालाई मनन गरि वि.सं.२०२२ साल कार्तिक ७ गते नेपाली सेनाको मातहतमा रहने गरि राष्ट्रिय सेवा दल स्थापना गरिएको थियो। 

प्रकाशित मिति: १३:४१ बजे, मंगलबार, फागुन २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्