राष्ट्रिय सभाको उपाध्यक्ष एकीकृत समाजवादीलाई
उक्त सहमतीसँगै नेकपा एमालेले राष्ट्रिय सभाको उपाध्यक्ष पद नलिने भएको छ। यसअघि फागुन २१ गते राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले र उपाध्यक्ष एमालेले लिने सहमति भएको थियो।
काठमाडौं, फागुन २९ : नेकपा एकीकृत समाजवादीलाई समेटेर सत्ता गठवन्धनका पाँच दलले ७ बुँदे वक्तव्य निकाल्नुअघि राष्ट्रिय सभा उपाध्यक्ष पद एकीकृत समाजवादीलाई दिने सहमति भएको छ।
उक्त सहमतीसँगै नेकपा एमालेले राष्ट्रिय सभाको उपाध्यक्ष पद नलिने भएको छ। यसअघि फागुन २१ गते राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले र उपाध्यक्ष एमालेले लिने सहमति भएको थियो।
हाल राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल रहेकी छिन्। एकीकृत समाजवादीलाई पनि मिलाएर पाँच दलले ७ बुँदे वक्तव्य उपाध्यक्ष पद एमालेले नलिएर एकीकृत समाजवादीलाई दिने मौखिक सहमति भएको जनाइएको छ।
प्रकाशित मिति: १३:२१ बजे, मंगलबार, फागुन २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार