Kathmandu Press

शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत

मंगलबार भएको मतदानमा बहुमत सदस्यले नेपाली कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार रहेका शर्माकाे विपक्षमा मत जाहेर गरेका हुन्।
शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत
Hardik ivf

काठमाडौं, फागुन २९ : राष्ट्रिय सभा सदस्य युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ।

मंगलबार भएको मतदानमा बहुमत सदस्यले नेपाली कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार रहेका शर्माकाे विपक्षमा मत जाहेर गरेका हुन्। शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको छ । मतदानमा जम्मा ५६ जना सांसद उपस्थित थिए।

राष्ट्रिय सभाको अध्यक्षमा अर्का उम्मेदवार नारायण प्रसाद दाहाल छन्। उनी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन्। सत्ता गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी छन्।

प्रकाशित मिति: १३:११ बजे, मंगलबार, फागुन २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्