राष्ट्रिय सभाको अध्यक्षका लागि हुने निर्वाचनमा राष्ट्रिय जनमोर्चा तटस्थ बस्ने
राष्ट्रिय सभामा जनमोर्चाका एक सांसद छन्। ती सांसद तुलप्रसाद विश्वकर्मा हुन्। उनले कसैलाई पिन मत दिने छैनन्।
काठमाडौं, फागुन २९ : राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभाको अध्यक्षका लागि हुने निर्वाचनमा तटस्थ बस्ने भएकाेछ।
राष्ट्रिय सभामा जनमोर्चाका एक सांसद छन्। ती सांसद तुलप्रसाद विश्वकर्मा हुन्। उनले कसैलाई पिन मत दिने छैनन्।
अध्यक्षमा दुई जना उम्मेदवार छन्। सत्ता गठबन्धनका तर्फबाट नारायण प्रसाद दाहाल र विपक्षी गठबन्धनको तर्फबाट युवराज शर्माको उम्मेदवारी परेको छ।
दुवै उम्मेदवारलाई भोट नहाल्ने निर्णयमा आफू पुगेको सांसद विश्वकर्माले सभाको बैठकमै गराएका हुन्।
प्रकाशित मिति: १२:५४ बजे, मंगलबार, फागुन २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












