Kathmandu Press

नेकपा एसलाई समेट्दै सत्तारुढ दलहरुबीच ७ बुँदे सहमति

नयाँ सत्ता गठवन्धनका लागि यसअघि गत २१ फागुनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच ८ बुँदे लिखित सहमति भए पनि एकीकृत समाजवादी समेटिएको थिएन।
नेकपा एसलाई समेट्दै सत्तारुढ दलहरुबीच ७ बुँदे सहमति

काठमाडौं, फागुन २९ : नेकपा एकीकृत समाजवादीलाई  समेट्दै सत्तारुढ दलहरुबीच ७ बुँदे लिखित सहमति भएको छ।

नयाँ सत्ता गठवन्धनका लागि यसअघि गत २१ फागुनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच ८ बुँदे लिखित सहमति भए पनि एकीकृत समाजवादी समेटिएको थिएन।

Hardik ivf

त्यो लिखित सहमतिमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी समावेश थिएन। उक्त पार्टीले सरकारमा जान र सहकार्यका लागि नयाँ सहमती गर्नुपर्ने शर्त राख्दै आएको थियो।

सहमति अनुसार राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वारलाई समर्थन गर्ने भनिएको छ।

प्रकाशित मिति: १२:४२ बजे, मंगलबार, फागुन २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्