Kathmandu Press

‘प्रधानमन्त्रीकै कारण मुलुकमा अस्थिरता उत्पन्न भयो’

प्रधानमन्त्रीलाई संसद भंग गर्ने यसअघिको अधिकार अहिले हटाएको र एकपटक विश्वासको मत लिएपछि दुई वर्षसम्म लिनु नपर्ने व्यवस्था गरिए पनि पटक–पटक सरकार परिवर्तन गर्ने काम मुलुकको हितमा नरहेको उनले बताए।
‘प्रधानमन्त्रीकै कारण मुलुकमा अस्थिरता उत्पन्न भयो’
फाइल तस्बिर।

काठमाडौं, फागुन २९ : नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्री पुष्पकमल दाहालका कारण मुलुकमा अस्थिरता उत्पन्न भएको बताएका छन्।

मंगलबार राष्ट्रियसभा बैठकमा सांसद युवराज शर्मालाई राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्दै ढुंगानाले पटक पटक सरकार परिवर्तन गरेर दाहालले मुलुकमा अस्थिरता निम्ताएको बताए।

Hardik ivf

प्रधानमन्त्रीलाई संसद भंग गर्ने यसअघिको अधिकार अहिले हटाएको र एकपटक विश्वासको मत लिएपछि दुई वर्षसम्म लिनु नपर्ने व्यवस्था गरिए पनि पटक–पटक सरकार परिवर्तन गर्ने काम मुलुकको हितमा नरहेको उनले बताए।

सांसद ढुंगालाले प्रधानमन्त्रीको कदम र बोलेका कुराले व्यवस्था विरोधी शक्तिहरुलाई बल पुर्‍याउने काम भएको जिकिर गरे। उनले मुलुकमा कुनैपनि दुर्घटना भए त्यसको भारी प्रधानमन्त्रीले बोक्नुपर्ने बताए।

प्रकाशित मिति: १२:३४ बजे, मंगलबार, फागुन २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्