राष्ट्रियसभाका अध्यक्षका उम्मेदवार दाहालको प्रस्ताव पेश
सांसद अछामीले सामाजिक न्याय र समृद्ध मुलुकको अपेक्षा पूरा गर्न वामपन्थी र नयाँ शक्तिहरूबीचको गठबन्धन बनेकाले यस गठबन्धनको समर्थनमा दाहाललाई विजयी गराउन आग्रह गरे।
काठमाडौं, फागुन २९ : राष्ट्रियसभा अध्यक्ष पदका उम्मेदवार नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव आजको बैठकमा पेश भएको छ।
सत्ता साझेदार दलका तर्फबाट उम्मेदवार रहनुभएका नेकपा माओवादी केन्द्रका सांसद दाहालका प्रस्तावक माओवादीका सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव प्रस्तुत गरेका हुन्।
सांसद अछामीले सामाजिक न्याय र समृद्ध मुलुकको अपेक्षा पूरा गर्न वामपन्थी र नयाँ शक्तिहरूबीचको गठबन्धन बनेकाले यस गठबन्धनको समर्थनमा दाहाललाई विजयी गराउन आग्रह गरे।
सांसद दाहालको उम्मेदवारीको प्रस्तावको समर्थकमा नेकपा एमालेका सांसद देवेन्द्र दाहाल, नेकपा एकीकृत समाजवादीका सांसद वेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहेका छन्।
प्रकाशित मिति: १२:२६ बजे, मंगलबार, फागुन २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार