Kathmandu Press

राष्ट्रियसभा अध्यक्षका उम्मेदवार शर्माको प्रस्ताव प्रस्तुत

उम्मेदवार शर्माको प्रस्तावक नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै शर्मा लोकतन्त्र र विकासका लागि समर्पित र योग्य भएको बताए।
राष्ट्रियसभा अध्यक्षका उम्मेदवार शर्माको प्रस्ताव प्रस्तुत

काठमाडौं, फागुन २९ : राष्ट्रियसभा अध्यक्ष  निर्वाचन प्रयोजनका लागि माथिल्लोसभाको आजको बैठकमा उम्मेदवारका प्रस्तावकबाट प्रस्ताव प्रस्तुत भएको छ।

सो पदको निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता साझेदार दलका तर्फबाट नेकपा माओवादी केन्द्रका सांसद नारायण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माले सोमबार उम्मेदवारी दर्ता गराएका थिए।

Hardik ivf

उम्मेदवार शर्माको प्रस्तावक नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै शर्मा लोकतन्त्र र विकासका लागि समर्पित र योग्य भएको बताए।

सांसद ढुङ्गानाले सत्ता गठबन्धन चाँडो परिवर्तन गर्ने खालको अस्थिरता अन्त्यका लागि आफूहरुले गत निर्वाचनमा गठबन्धन गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनादेश विपरीत काम गरेको आरोप लगाए।

क्त प्रस्तावमा समर्थकले बोल्ने क्रम सकिएपछि अर्का उम्मेदवार दाहालको प्रस्तावक र समर्थकले बोलेपछि निर्वाचन हुनेछ।

प्रकाशित मिति: १२:२४ बजे, मंगलबार, फागुन २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्