Kathmandu Press

एकीकृत समाजवादीले दस्तावेज परिमार्जन गर्ने

पछिल्लो सत्ता समीकरणपछि विकसित राजनीतिक घटनाक्रमलाई पनि दृष्टिगत गर्दै दस्तावेज लेखनलाई केही परिमार्जन गरिने पार्टीले जनाएको छ।
एकीकृत समाजवादीले दस्तावेज परिमार्जन गर्ने

काठमाडौं, फागुन २९ : नेकपा एकीकृत समाजवादीले दस्तावेजका मस्यौदामाथि छलफल गर्न आगामी चैत १ गते दस्तावेज लेखन मस्यौदा समितिको बैठक आह्वान गरेको छ।

जेठमा हुने १०औं महाधिवेशनका लागि दस्तावेज लेखनमा समावेश गरिएका विषयवस्तु तथा नपुग भएका केही वस्तु थप्न बैठक बोलाइएको हो।

Hardik ivf

पछिल्लो सत्ता समीकरणपछि विकसित राजनीतिक घटनाक्रमलाई पनि दृष्टिगत गर्दै दस्तावेज लेखनलाई केही परिमार्जन गरिने पार्टीले जनाएको छ।

वामपन्थी शक्तिबीचको कार्यगत एकतालाई पनि प्राथमिकतामा राखिने जनाइएको छ। बैठकमा समाजवादी कार्यदिशा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक प्रभावको वस्तुगत विश्लेषण गरिनेछ।

पार्टीको वैचारिक, साङ्गठनिक, समाजवादी कार्यक्रम, विधान, भावी कार्ययोजना तथा रणनीतिलगायत विषयलाई उल्लेख गर्नेगरी यही फागुन मसान्तभित्र लेखनको कार्य सम्पन्न गरिने सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।
 
पार्टी अध्यक्षमाधव नेपाललाई  प्रतिवेदन लेखनको जिम्मेवारी दिइएको छ भने सम्मानित नेता झलनाथ खनाललाई समाजवादी कार्यक्रम, उपाध्यक्ष डा बेदुराम भुसाललाई पार्टी विधान र महासचिव घनश्याम भुसाललाई सङ्गठनात्मक प्रस्ताव संयोजनका लागि कार्य तोकिएको छ।

सबै पक्षलाई समेटेर प्रतिवेदन तयार भएपछि त्यसलाई एकीकृत गरेर महाधिवेशनमा एउटै दस्तावेज लैजाने जनाइएको छ।

प्रकाशित मिति: ११:२६ बजे, मंगलबार, फागुन २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्