बालुवाटारमा दाहाल, ओली र नेपालबीच भेट
भेटमा शीर्ष तीन नेताले राष्ट्रिय सभाको निर्वाचन र प्रधानमन्त्रीले लिने विश्वासको मत, प्रदेश सरकार हेरफेरलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौं, फागुन २९ : नयाँ सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो।
भेटमा शीर्ष तीन नेताले राष्ट्रिय सभाको निर्वाचन र प्रधानमन्त्रीले लिने विश्वासको मत, प्रदेश सरकार हेरफेरलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाच आज हुँदैछ भने भने प्रधानमन्त्री दाहालले भोलि विश्वासको मत लिँदैछन्।
प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै प्रदेश सरकार हेरफेर गर्ने तयारी सत्ता गठबन्धनको छ।
प्रकाशित मिति: ११:०८ बजे, मंगलबार, फागुन २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार