प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप
नयाँ सत्ता गठबन्धनमा सामले हुँदै ४ मन्त्रीसहित सरकारमा सहभागी भएको रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।
काठमाडौं, फागुन २९ : कांग्रेससँगको गठबन्धन तोड्दै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरुसँग मिलेर नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्।
नयाँ सत्ता गठबन्धनमा सामले हुँदै ४ मन्त्रीसहित सरकारमा सहभागी भएको रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।
मंगलबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई विश्वासको मतको पक्षमा मत दिन ह्विप जारी गरेको हो।
प्रकाशित मिति: १०:५८ बजे, मंगलबार, फागुन २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार